काठमाडौं । नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले मुलुकको दिगो शान्ति, सुशासन तथा समृद्धिमा ध्यान केन्द्रीत गर्नु पर्ने बताएका छन् ।
काठमाडौंमा नेकपा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रात्मक व्यवस्थाको सुदृढीकरण र दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्तिको महत्वपूर्ण एजेण्डामा ध्यान केन्द्रीत गर्नु पर्ने बताए ।
उनले अहिलेको व्यवस्थाको नेकपा एकीकृत समाजवादी गहिरो प्रतिबद्धताका साथ लागि अघि बढेको जिकीर गरे । मुलुकको परिवर्तनमा माधव नेपालले खेलेको भूमिकाको उनले स्मरण गरे ।
उनले आगामी दिनमा देशको महत्वपूर्ण एजेण्डमा समाजवादीले आवश्यक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।