काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले १० औँ राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको तर नआएको बताएका छन् ।
आजदेखि सुरु भएको पार्टीको महाधिवेशन एमालेका नेताहरू अनुपस्थित भएपछि अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० पटक फोन गरेको दाबी गरेका हुन् ।
महाधिवेशन एमोलेले बहिष्कार गरेको विषय कार्यकर्ताले उठाएपछि आफूले १० पटक फोन गरेको उनको भनाइ थियो ।
उनले भने, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन, उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु, ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला, राजनीतिमा घृणा भाव राख्नु पर्ने आवश्यक छैन ।’
आज सम्पन्न एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा एमालेबाहेक अन्य सबै दलका शिर्ष नेताको उपस्थिति थियो ।