म अस्थिर छैन, गतिशील छु- प्रधानमन्त्री प्रचण्ड-Sutra News

म अस्थिर छैन, गतिशील छु- प्रधानमन्त्री प्रचण्ड

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बारेमा ‘अस्थिर’ भनेर टिप्पणी गरेपछि असन्तुष्टि जनाएका छन् । नेकपा एकीकृत समाजवादीले आफ्नो प्रतिवेदनमा प्रचण्डलाई अस्थिर भनिएको छ ।



आइतबार एकीकृत समाजवादीको १० औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू अस्थिर नभएर गतिशील रहेको दाबी गरेका हुन् ।

उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद भएको बताउँदै आफू अस्थिर नरहेको दाबी गरे । उनले भने, ‘आज नेपाल संविधानसभामा गयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो, शान्ति प्रक्रियामा गयो, प्रचण्ड अस्थिर नभएको भए हुँदैनथ्यो, प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुँदैनथ्यो ।’

यसैगरी उनले किलोजस्तै ठोकिएर बस्नु मार्क्सवाद हो कि ? जमेको पोखरीजस्तो मार्क्सवाद हो ? भन्दै प्रश्न गरे । उनले अगाडि भने, ‘माओवादी आन्दोलनसँग जोडिएका साथी विप्लव जी पनि हुनुहुन्छ, एक ठाउँमा बस्ने भन्ने हुँदैन, हामी दौडिराख्या हुन्छौँ ।’

कार्यक्रममा उनले नेकपा एस र नेकपा माओवादी केन्द्र एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गरे । उनले सबै देशभक्त र क्रान्तिकारी एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट