‘एमाले–माओवादी समीकरण भत्काउन कांग्रेसले बल गर्न पर्दैन’-Sutra News

‘एमाले–माओवादी समीकरण भत्काउन कांग्रेसले बल गर्न पर्दैन’

‘अहिलेको स्थिति भनेको सरकार गैरजिम्मेवार छ, प्रधानमन्त्री लाचार हुनुहुन्छ’

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

सत्ता साझेदार दलहरूका बिचमा असमझदारी बढ्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले सक्रिय बनेको छ । कांग्रेसले दलहरूबीचको छलफललाई बढाएको छ ।



कांग्रेसले विशेषगरी सत्ता समीकरणको मुख्य दल नेकपा (एमाले)सँगको छलफललाई तिव्रता दिएको छ । योबीच दुई दलका दोस्रो तह र पहिलो तहका नेताबीच छलफल भएको छ ।

कांग्रेसले छलफललाई तिव्रता दिँदै गर्दा सत्ता समीकरण फेरि परिवर्तन त हुँदैन भन्ने प्रश्न आमरूपमा उठेको छ । कांग्रेसको सक्रियतासँगै उठेको प्रश्नबारे सूत्र न्यूजका सन्देश अर्यालले कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसँग केही जिज्ञासा राखेका छन् । लेखकसँग गरिएको कुराकानीको सम्पादित अंश :

कांग्रेस र एमाले शीर्ष नेतृत्वबीचको छलफल अहिले चर्चामा छ । तपाइँहरुबीचमा खास के विषयमा छलफल चलिरहेको छ ?

नेताहरूको बीचमा छलफल हुने कुरा स्वभाविक हो । छलफल निरन्तर हुनुपर्छ । समसामयिक विषयहरूमा छलफल भइरहनुपर्छ ।
छलफल हुँदैमा सत्ता र सरकारकै विषयमा हुन्छ भन्ने होइन । समसामयिक थुप्रै विषय छन् ।

पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै तीन घण्टा बढी छलफल भएको छ । के सामान्य विषयका लागि यति लामो छलफल हुन्छ र ?

हाम्रो सभापति र एमाले अध्यक्षबीच भेट भएको हो । केही विषयमा छलफल भएका हुन् ।

यद्यपि, त्यसको दुई दिन पहिला प्रधानमन्त्री प्रचण्ड जीसँग पनि हाम्रो सभापतिको भेट भएको थियो ।

नेताहरूका बीच यस्ता भेटवार्ता भइरहन्छ । यसलाई सामान्यरूपमा बुझिनु पर्छ ।

बाक्लिँदो छलफल खास के विषयमा केन्द्रित छ ?

अहिले हेर्नुभयो भने, संसद्‌मा थुप्रै विधेयक विचाराधीन अवस्थामा छन् । टीआरसी लामो समयदेखि अल्झेर बसेको छ ।

मुलुकमा थुप्रै समस्याहरू देखिएकै छन् । अर्थतन्त्र अझै पनि ट्रयाकमा आउन सकेको छैन ।

यस्ता विषयमा नेताहरूबीच छलफल भइरहनुपर्छ । अहिलेको भेटवार्तालाई पनि सोहीरूपमा बुझ्नुपर्छ ।

बजेट आयो । पारित पनि भयो । तर, न एमाले सन्तुष्ट छ, न त रास्वपा । न अरु दलहरू । रास्वपाका मन्त्रीहरूले त सार्वजनिकरूपमै राजीनामा दिन्छौं भनिरहनु भएको छ ।

सत्ता साझेदार दलहरूबीच खटपटको चर्चा छ । नेताहरूले सार्वजनिक असन्तुष्टि पोखिरहेका छन् । यस्तोमा कांग्रेसको सक्रियतालाई सामान्य मान्न मिल्ला ?

जहाँसम्म सरकारमा बसेका दलहरूको सवाल छ, उहाँहरु आफैँका बीचमा विश्वासको संकट देखापरेको छ । उहाँहरु एक–अर्काका बीचमा मतान्तर बढेको छ । यो बाहिरै देखिएको विषय पनि हो ।

बजेट आयो । पारित पनि भयो । तर, न एमाले सन्तुष्ट छ, न त रास्वपा । न अरु दलहरू । रास्वपाका मन्त्रीहरूले त सार्वजनिकरूपमै राजीनामा दिन्छौं भनिरहनु भएको छ ।

यसले सरकारमा रहेका दलहरूका बीच चरम समस्या छ भन्ने त देखिएकै कुरा हो ।

यद्यपि, कांग्रेस तत्कालै सरकार बनाउने, नयाँ गठबन्धन बनाउने विषयमा छलफलमा छैन । त्यस्तो परिस्थिति आइसकेको भन्ने लाग्दैन ।

प्रधानमन्त्री प्रचण्ड स्वयम् सरकारप्रति सन्तुष्ट देखिनुहुन्न । साझेदारबीचमा तिव्र खटपटको अवस्था छ । यस्तोमा ठूलो दलको हिसाबले कांग्रेसले भूमिका खेल्ने कुरा त स्वभाविक होला नि ?

सरकारले राम्रोसँग काम गर्न सकेको छैन भन्ने कुरा सत्ता साझेदार नेताहरूमात्रै होइन, स्वयम् प्रधानमन्त्रीले भनिरहनु भएको छ । यसमा हामीले थप्नुपर्ने विषय केही छैन ।

यहाँ विडम्बना, सत्ताको चरम दुरुपयोग भएको छ । चिन्ता यता हो ।

अहिले सहकारीका पीडित रुँदै सडकमा छन् तर, सरकार पीडकलाई जोगाउन भएभरको बल लगाएर लागेको छ । सरकार देश र जनताप्रति कहिँ चिन्तित रहेको देखिन्न ।

गृहमन्त्री जस्तो जिम्मेवार मन्त्रीले जीबी राई फलानो ठाउँमा छ भनेर मिडियामा भाषणबाजी गरिरहनु भएको छ । यो त एक किसिमको गैरजिम्मेवारीको पराकाष्ठा हो ।

अहिले सरकार गैरजिम्मेवार हुँदा नै साझेदारका बीचमा समस्या पैदा भएको भन्ने हाम्रो बुझाई हो । प्रधानमन्त्रीले पनि केही गर्न सक्नुभएको छैन । अहिलेको स्थिति भनेको सरकार गैरजिम्मेवार छ, प्रधानमन्त्री लाचार हुनुहुन्छ ।

अहिले सरकार गैरजिम्मेवार हुँदा नै साझेदारका बीचमा समस्या पैदा भएको भन्ने हाम्रो बुझाई हो । प्रधानमन्त्रीले पनि केही गर्न सक्नुभएको छैन ।

होइन भने, एक जना गृहमन्त्रीले फरार अभियुक्त यहाँ छ भनेर भाषण गर्न मिल्छ ? छ भने पक्राउ गरेर ल्याउने हो । अहिलेको स्थिति भनेको सरकार गैरजिम्मेवार छ, प्रधानमन्त्री लाचार हुनुहुन्छ ।

यसको निकास दिन कांग्रेसले आफ्नो हिसाबले केही गर्छ वा गर्दैन ?

कांग्रेस अहिले सत्ता परिवर्तन गर्ने, नयाँ गठबन्धन बनाउने खेलमा छैन । उहाँहरु आफ्नै कामले कहाँ पुग्नुहुन्छ, त्यसपछि हामी हेर्छौं । तपाईँले भने जस्तै ठूलो दलको हिसाबले हामी जिम्मेवारीबाट पन्छेका छैनौ, पन्छिनौ पनि ।

याे पनि पढ्नुहाेस्

नजिकिँदै देउवा–ओली, सत्ता सहकार्य कति सम्भव ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट