वर्षाका कारण छ जनाको मृत्यु-Sutra News

वर्षाका कारण छ जनाको मृत्यु

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । विगत पाँच दिनदेखि परेको वर्षाबाट कम्तीमा छ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको यस घटनामा अन्य २५ जना घाइते भएका छन् ।



बलुचिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)का अधिकारीका अनुसार हालैको भारी वर्षाले प्रदेशका विभिन्न जिल्लामा पहिरो खसेको, प्रमुख राजमार्ग अवरुद्ध गरेको र धेरै सवारी साधन अलपत्र परेका छन् ।

अलपत्र यात्रुको उद्धार र राहत कार्यका लागि विशेष टोली पठाइएको पीडीएमएले जनाएको छ । पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार देशमा आगामी दिनमा थप वर्षा हुने सम्भावना रहेकाले नागरिकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

यसअघि देशको पञ्जाब प्रकोप व्यवस्थापन प्राधिकरणले जुलाईमा प्रान्तका केही भागमा भारी मनसुनी वर्षाका कारण शहरी बाढीको चेतावनी दिएको थियो । यस वर्ष ३५ प्रतिशत बढी वर्षा हुने अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट