काठमाडौं । डिजिटललाई आत्मसात गर्दै गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यले मास्टर कार्ड इसुएन्स सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड इसुएन्स सेवाको शुभारम्भ गरिएको हो ।
डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहक महानुभावहरुले प्राप्त गर्न सक्ने छ । जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक प्रविधिसमेत प्रयोग गरिएको छ ।
यस कार्डमार्फत ग्राहक महानुभावहरुले नेपाल, भारत र भुटानबाट एटीएमको साथमा तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्ने छ । ‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टर कार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पु¥याउँन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ ।
कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एन आई सी एशिया बैंकले हालसम्म ख्क्ष्क्ब् कार्डबाट सेवा प्रदान गरिरहेको थियो । एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।