आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

आज मिति २०८१ असार १७ गते सोमबार । सन् २०२४ जुलाई १ तारिख । नेपाल सम्बत ११४४ तछलागा दशमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । आयआर्जनको स्रोत बढ्नेछ भने चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ । मातृशक्तिको सल्लाह तथा सहयोगले फाइदा हुने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

बृष

कर्मबल बढ्ने छ । पहिलेका कमी(कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ने समय छ । धन आर्जन हुने योग छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । नयाँ कामको प्रस्ताव आउने सम्भावना छ । परिवारजनको साथले उत्साह जगाउला । तथापि, प्रतिस्पर्धीहरूले भने सताउने प्रयास गर्न सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नु हितकर होला । आफन्तको साथ मिल्नेछ ।

मिथुन

अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्ने दिन छ । तर, आश मारेको काम बन्नाले उत्साह जाग्ला । उपलब्धिको स्रोत पहिल्याउन सकिने छ । आज अरूका काममा समय खर्चनु पर्ने योग पनि छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ, सचेत रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट

दौडधुप बढ्ने छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुने भएपनि शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख मिल्न सक्छ । अरूको भरपर्दा धोका पाइएला । यसका बाबजुद मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । स्थायी सम्पत्तिमा भने विवाद आउन सक्छ, सचेत व्यवहार गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ ।

सिंह

दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिने छन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ, यसप्रति भने सचेत रहनु होला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्ने योग छ । रसरागमा आकर्षण बढ्ने छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्ने छ ।

कन्या

दिन शुभदायी छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । मनग्य धन तथा भौतिक वस्तु लाभ होला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । रमाइलो यात्राको अवसर जुट्ला । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउने छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

आजको दिन वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । अर्थअभाव महसूस होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा आफ्नो पक्षमा परिणाम हात पार्न सकिएला । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक

आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । व्यस्तता बढ्नेछ । तैपनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्ने योग छ । समयमा हिम्मत गर्न नसक्दा पछि परिने सम्भावना छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु

समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुन सक्ने समय छ, गोपनीयतामा विशेष ध्यान राख्नुहोला । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तथापि जित तपाईंकै होला । पराक्रम बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा दिन खोज्नहरू अगाडि आउलान् । खर्च पनि केही बढ्ने समय छ । तर, विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्राप्त होला । नियमकानूनले साथ दिनेछ ।

कुम्भ

केही बाध्यतापूर्ण काममा जुट्नु पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जगाउने योग पनि छ । स्वास्थ्यमा भने अलिक कमजोरी अनुभूति हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ भने सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, सावधान रही कर्म गर्नुहोला आजको दिन आफन्तको साथ कमै मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट