समीकरण फेरबदलको चर्चा : बालुवाटारमा प्रचण्ड र ओलीबीच फेरि भेटवार्ता-Sutra News

समीकरण फेरबदलको चर्चा : बालुवाटारमा प्रचण्ड र ओलीबीच फेरि भेटवार्ता

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।



प्रचण्ड र ओलीबीच यसअघि आइतबार पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा छलफल भएको थियो । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

पछिल्लो समय सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यका विषयमा छलफल भइरहेका बेला सत्ता समीकरण परिवर्तन हुनसक्ने सम्भावना बढाएको छ ।

शनिबार दिउँसो एमाले अध्यक्ष ओली निवास बालकोटमा कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच तीन घण्टा बढी छलफल चलेको थियो । त्यसयता नेताहरुबीचको छलफलले तिव्रता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट