नाउपा विवाद : संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो-Sutra News

नाउपा विवाद : संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता पार्टीको संसदीय दलको नेताबाट हटाइएकी छिन् । आइतबार बसेको नाउपाको बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले श्रेष्ठलाई हटाएको हो ।



श्रेष्ठलाई हटाएर बहुमत सदस्यले प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै, पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ ।

प्रमुख सचेतकको जिम्मेवारी पाएका लालवीर रेशम चौधरीका बुवा हुन् । उनी बर्दिया-२ बाट निर्वाचित भएका थिए ।

संसदीय दलको नेता परिवर्तन गरेको कुरा औपचारिक रूपमा संसद सचिवालयलाई जानकारी गराउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट