सुनको मूल्यमा लगातार बृद्धि, यस्तो छ आजको दरभाउ-Sutra News

सुनको मूल्यमा लगातार बृद्धि, यस्तो छ आजको दरभाउ

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालोमा छ । शुक्रबारदेखि बढ्न थालेको सुनको मूल्य सोमबार पनि बढेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज प्रतितोला दुई सय रुपैयाँको दरले मूल्य बढेको छ ।

मूल्य बढेसँगै सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा निरन्तर बृद्धि भइरहँदा चाँदीको मूल्य भने सोमबार स्थिर छ । महासंघका अनुसार शुक्रबार बढेको चाँदीको मूल्य त्यसयता स्थिर छ ।

सोमबार चाँदी प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट