‘मीराः स्याडो अफ अ रेन्बो’को पहिलो प्रदर्शनी पोखरामा हुँदै-Sutra News

‘मीराः स्याडो अफ अ रेन्बो’को पहिलो प्रदर्शनी पोखरामा हुँदै

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको कथा देखाइएको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ। यो फिल्मलाई अनिता पण्डितले निर्देशन गरेकी हुन्।



बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना, स्वीकार तथा एलजिबिटिक्यूएको बारेमा जनचेतना लगाउने उद्देश्य लिएर यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक अनिता पण्डितले बताइन्।

फिल्मको यही असार २५ गते साँझ ६ बजे पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स (सिनेप्लेक्स) सिनेमा हलमा पहिलो प्रदर्शन हुने भएको छ। यी शो हरू नेपालका विभिन्न सहरहरू तथा नेपाल बाहिर पनि हुने बताइएको छ।

आश्वि फिल्मसले निर्माण गरेको यो फिल्मका अनिता पण्डित र विशाल घिमिरे निर्माता हुन्। फिल्मलाई सेन्सर बोर्डले पिजी प्रमाणपत्र प्रदान गरेको छ ।

यस फिल्ममा अनिता पण्डित, सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ।

‘एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र बनेको छ। अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो फिल्मले अहम् भूमिका खेल्ने विश्वास लिएकी छु,’ निर्देशक पण्डितले बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट