अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना-Sutra News

अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । बलिउडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना भएका छन् । छोरी सोनाक्षी सिन्हाको विवाहको केहि दिन पछि शत्रुघन अस्पताल भर्ना भएका हुन् ।



शत्रुघ्न सिन्हा आफ्नो घरको डाइनिङ रुममा लडेको बताइएको छ । चोट लागेपछि उनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ ।

टाइम्स नाउको रिपोर्ट अनुसार शत्रुघनको करङमा गहिरो चोट लागेपछि अस्पताल भर्ना गरिएको छ । सुरुमा उनलाई सामान्य उपचार गरिएको भएपनि उनको पीडा बढेपछि अस्पताल भर्ना गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

७७ बर्षिय सिन्हा हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा त्रिणमूल कांग्रेसबाट चुनाव जितेर सांसद समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट