काठमाडौं । केही दिनअघि सम्पन्न आईसीसी टी २० विश्वकप २०२४ को ‘टीम अफ दी टुर्नामेण्ट’ घोषणा भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिता सम्पन भएसँगै उत्कृष्ट टोलीको घोषणा गर्दै ‘प्लेइङ ११’ सार्वजनिक गरेको हो ।
यस टोलीमा भारतीय टोलीलाई विजेता बनाउने रोहित शर्माको कप्तानी रहेको छ । टोलीमा चार देशका खेलाडी रहेका छन् । जसमा उपविजेता बनेको दक्षिण अफ्रिकाबाट कुनै खेलाडी पर्न सकेका छैनन् ।
टोलीमा भारतबाट ६ खेलाडी पर्ने सफल भएका छन् । अफगानिस्तानबाट तीन खेलाडी छन् भने वेष्ट इण्डिजबाट एक र अष्ट्रेलियाबाट एक जना परेका छन् । १२ औँ खेलाडीका रुपमा दक्षिण अफ्रिकाका खेलाडी परेका छन् ।
रोहित शर्मा (कप्तान) – भारत
रहमानउल्लाह गुरबाज (विकेटकिपर) – अफगानिस्तान
निकोलस पूरन – वेस्ट इन्डिज
सूर्यकुमार यादव – भारत
मार्कस स्टोइनिस – अष्ट्रेलिया
हार्दिक पाण्ड्या – भारत
अक्षर पटेल – भारत
राशिद खान – अफगानिस्तान
जसप्रित बुमराह – भारत
अर्शदीप सिंह – भारत
फजलहक फारुकी – अफगानिस्तान
१२ औँ खेलाडीस् एनरिक नोर्टजे – दक्षिण अफ्रिका