युरोकपमा पोर्चुगलसँग भिड्दै स्लोभेनिया, कसले मार्ला बाजी ?-Sutra News

युरोकपमा पोर्चुगलसँग भिड्दै स्लोभेनिया, कसले मार्ला बाजी ?

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । जारी युरोकपमा आज नकआउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदैछ । नेपाल समयअनुसार यो खेल आज राति १२ः४५ बजेदेखि हुनेछ ।



पोर्चुगल समूह ‘एफ’को समूह विजेता बन्दै नक आउट चरणमा पुगेको हो । पोर्चुगलले ३ खेलमा दुई जित र एक हारसहित ६ अंक हासिल गरेर शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको थियो ।

पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल र टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा जर्जियासँग २-० गोल अन्तरले पराजित बन्न पुगेको थियो ।

स्लोभेनिया समूह ‘सी’मा तीन खेलमा सबै खेल बराबरी खेलेर समूहमा तेस्रो हुँदै नक आउट चरणमा पुगेको हो । पहिलो खेलमा स्लोभेनियाले डेनमार्कसँग १-१ गोलको, दोस्रो खेलमा सर्बियासँग १-१ गोलको, इङल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म एक खेल भएको छ । जुन स्लोभेनियाले जितेको थियो । गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट