घटस्थापनामा आउने भयो ‘सानो संसार’-Sutra News

घटस्थापनामा आउने भयो ‘सानो संसार’

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । फिल्म ‘सानो संसार’ निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको छ ।



दसैँको अवसर पारेर घटस्थापनाका दिन (असोज १७ गते)बाट फिल्म रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

सिद्धार्थ पुडासैनीले निर्देशनमा निर्माण हुन लागेको यो फिल्ममा राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जना रिसाल र शिशिर सिवाकोटी र सीतादेवी तिमल्सिनाको शीर्ष भूमिका छ । पारिवारिक कथावस्तुमा बन्न लागेको यो फिल्ममा सबैजना नयाँ कलाकार छन् ।

अर्जुन कुमार फिल्मस्को प्रस्तुति र राजधानी मिडिया एड प्रालि प्रोडक्सनको सहकार्यमा बन्न लागेको फिल्मको कथा निर्देशक पुडासैनी र सरिष्मा पुडासैनीले मिलेर लेखेका हुन् ।

यस अघि यही नाममा सन् २००८ स्वर्गीय आलोक नेम्वाङको निर्देशनमा फिल्म ‘सानो संसार’ निर्माण भएको थियो । यो त्यस समयको फिल्म ‘कागबेनी’ पछि बनेको दोस्रो नेपाली एचडी फिल्म रहेको थियो ।

May be an image of 3 people, people smiling and text

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट