बालुवाटारबाट बाहिरिए ओली-Sutra News

बालुवाटारबाट बाहिरिए ओली

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।



सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टाभन्दा बढी समय बिताएर निस्किएका हुन् । प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पछिल्लो विकशित राजनीतिक घटना क्रमबारे छलफल भएको बुझिएको छ ।

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको वार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चासँगै सत्ता समीकरणमा हलचल पैदा भएको देखिएको छ ।

आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट