स्विभ्ट एजुकेशनको ग्राजुएसन/ट्यालेन्ट डे सम्पन्न-Sutra News

स्विभ्ट एजुकेशनको ग्राजुएसन/ट्यालेन्ट डे सम्पन्न

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । स्विभ्ट एजुकेशनले विशेष समारोहका बीच ग्राजेएसन/ट्यालेन्ट डे सम्पन्न गरेको छ । हालै हिमालयन होटल कुपण्डोलमा एक भव्य कार्यक्रम आयोजना गरी एजुकेशनले ग्राजुएसन तथा ट्यालेन्ट डे सम्पन्न गरेको हो ।



कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रस्तुतिहरु देखाएका थिए । विद्यार्थीहरुले आफ्नो प्रोजेक्टसँगै सूचना प्रविधि क्षेत्रमा आफूले गरेका नयाँ प्रयोगलाई पनि प्रदर्शनमा राखेका थिए ।

समारोहका बीच स्नातक उत्तिर्ण विद्यार्थीहरुलाई स्विभ्ट एजुकेशनले दिक्षित पनि गराएको छ । संस्थाले दिक्षित विद्यार्थीलाई रोजगारीका निम्ति पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट