स्थापनाको २३ वर्षपछि चलचित्र विकास बोर्डले पायो लोगो-Sutra News

स्थापनाको २३ वर्षपछि चलचित्र विकास बोर्डले पायो लोगो

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । चलचित्र विकास बोर्डले स्थापना भएको २३ वर्षपछि लोगो तयार पारेको छ । आइतबार बोर्डको २४ औँ वार्षिकोत्सवमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोगो सार्वजनिक गरेकी हुन् ।



लोगो निर्माणका परिकल्पनाकार तथा नारा, लोगो तथा धुन निर्मांण तथा छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगोको डिजाइन ललितकलाका प्रोफेसर एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गरेका हुन् ।

लोगोमा नेपाली चलचित्रको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकतालाई व्यक्त गरिएको छ ।

लोगोसँगै बोर्डले ‘बुद्धको ज्ञान सगरमाथाको सान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ आफ्नो नारा पनि तय गरेको छ । चलचित्र ऐन २०२६ को १० (क) अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो । यसअघि बोर्डले नेपाल सरकारको लोगो प्रयोग गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट