एक किलो २४७ ग्राम कोकिनसहित दुई जना पक्राउ-Sutra News

एक किलो २४७ ग्राम कोकिनसहित दुई जना पक्राउ

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौ‌ । काठमाडौं महानगर १६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन एक किलो २४७ ग्राम ७६ मिलिग्रामसहित दुई जना ताञ्जेनियन नागरिकलाई पक्राउ गरेको छ ।



पक्राउ पर्नेहरूमा ताञ्जेनियन नागरिकहरू ५२ वर्षीय रामाधानी सिम्बा एम्वाबुम्बा र ५६ वर्षीय तवालिब किपेभु पाशुआ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामाधानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६०६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट तवालिबलाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट