सत्तामा उथलपुथलको चर्चा चल्दा सेयर बजारमा दोहोरो अंकको बृद्धि-Sutra News

सत्तामा उथलपुथलको चर्चा चल्दा सेयर बजारमा दोहोरो अंकको बृद्धि

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । लामो समयपछि सेयर बजार बढेको छ । साताको दोस्रो कारोबार दिन मंगलबार १६.२९ अंकले बढ्दै बजार २०५३.३८ को बिन्दुमा उक्लिएको छ ।



सेयर बजार करिब तीन सातादेखि नै ओरालोमा थियो । बीचमा तीन दिन एक अंकले बढे पनि उच्च गिरावटले निराशा जगाएको थियो ।

तर, सरकारमा उलथपुथलको चर्चाका बीच बजारमा पुनः बृद्धि देखिएको छ । यद्यपि, बजार बढेपनि कारोबार रकम पनि यस दिन दुई महिना यताकै कम भएको छ । ९१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ९९ करोड ९९ लाखमै सिमित भयो ।

यस दिन कारोबारमा आएका २४७ कम्पनीमध्ये १७६ कम्पनीको मूल्य बढ्यो भने ६० कम्पनीको मूल्य घट्यो । वित्त र उत्पादन तथा प्रशोधन क्षेत्रमा सामान्य गिरावट हुँदा आज सबैजसोको परिसूचक बृद्धि भयो ।

यस दिन सबैभन्दा बढी वाणिज्य बैंकमा २.०४ र विकास बैंक १.३१ प्रतिशतले बृद्धि भयो ।

लगातार सकारात्मक सर्किट हानिरहेको नेपाल फाइनान्स कम्पनीको मूल्यमा भने यस दिन नकारात्मक सर्किट लागेको छ । लगानीकर्ता नाफा सुरक्षित गराउन खोज्दा बिक्रीको चाप बढेसँगै मूल्यमा नकारात्मक सर्किट लागेको हो । यद्यपि, यस दिन नेपाल फाइनान्सकै सर्वाधिक सेयर बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट