राजेश पायलले युवतीसँग स्टेजमै कामुक डान्स गरेपछि…-Sutra News

राजेश पायलले युवतीसँग स्टेजमै कामुक डान्स गरेपछि…

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं ।  पछिल्लो समय गायक राजेश पायल राई बारबार चर्चामा आइरहेका छन् । कहिले श्रीमती सँगको डिर्भोसको कुराले त कहिले मदिरा सेवन गरेर मध्यरातमा पक्राउ परेको कुराले, तर हिजो-आज भने उनको चर्चा गायकीभन्दा पनि नकारात्मक कुराले बढी भइरहेको पाइन्छ ।



एउटा स्थापित गायकले यस किसिमको हर्कतले समाजमा गायन क्षेत्रप्रतिको धारणा कस्तो हुन्छ भन्ने ख्याल यदि कलाकारले गरेन भने त्यसले भोलिको दिनमा जस्तो पनि रुप नदेखाउला भन्न सकिन्न् ।

अझ केही दिन अघि दुबई जान लाग्दा धेरै मदिरा सेवन गरेकाले एयरपोर्ट बाट नै फर्काइएको कुराले त उनलाई दर्शकहरूले नाना थरी नै भनिरहेका छन् । त्यसक्रममा उनलाई विमानबाट बाहिर निकालिएको थियो र उनी सामान्य स्थितिमा नआएसम्म दुबई उड्न पाएका थिएनन् ।

त्यसपछि सांगितिक कार्यक्रमका लागि दुबई गएका उनले शनिवार मध्यरातमा दुबईस्थित याक एन्ड यति एभरेस्ट क्लबमा धमाकादार प्रस्तुति दिएका थिए । तर उनको प्रस्तुतिलाई लिइएर फेरी सामाजिक सञ्जालभरि चौतर्फी विरोध भइरहेको छ ।

उक्त साङ्गीतिक कार्यक्रममा डेढ घण्टा जस्तो समय लिइएर ३० वटा जति गीत गाएका थिए ।  प्रस्तुति दिने क्रममा फ्यानलाई स्टेजमा उकालेर कामुक डान्स गरेको कुरालाई लिइएर उनको विरोध भइरहेको हो ।त्यस क्रममा’ मैले मायाले दिइएको चिनो’ बोलको गीतबाट स्टेजमा उक्लिएका उनी ‘सागर सरी चोखो माया’ बोलको गीत गाउँदै बिदाइ भएका थिए । स्टेजमा आएर ‘कस्तो हट हट केटीहरू रहेछन् यार ! भन्दै सुरुदेखि नै जोसिएका राजेशलाई देखेर फ्यानहरूले पनि खुब हुटिङ गरिरहेका थिए ।

यस्तोमा उनलाई छुन खोज्ने र स्टेजमै चढ्न खोज्ने दर्शकको पनि कमी थिएन । तर, ती सबै फ्यानहरूलाई बाउन्सरले स्टेजसम्म पनि उक्लिन दिइरहेका थिएनन् । जसोतसो उक्लिएका एक युवकलाई बडीगार्डले बोकेरै तल झारे । अन्तिममा सागर सरी बोलको गीत गाउने क्रममा उनले आफूलाई कसैले साथ दिनु पर्ने बताए ।

‘कोही केटी साथी आउने हो गीत गाउन रु’ राजेश पायलले माइकबाट आग्रह गरे । त्यसपछि एक युवतीलाई औँल्याउँदै भने, ‘तपाई आउनुस्, आउनुस् माइक ल्याइदिनुस् उहाँलाई ।’

उनले ठट्टा पनि गरे, ‘यति ह्यान्डसम छु बिहे गर्‍या छैन । तर, मलाई आइ लभ यु चाहिँ नभन्नु होला । भर्खर डिभोर्स भएको एक वर्षपछि आइ लभ यु भन्नुहोला ।’ यद्यपि, ती युवती आउन चाहिनन् । त्यसपछि उनी एक्लै स्टेजमा गाउन थाले । स्टेज मुनीबाट उनलाई छुनका लागि हातहरूअघि बढिरहेका थिए ।

यही क्रममा राजेशले ती धेरै हातमध्ये एउटा हातलाई च्याप्प समातेर स्टेजमा चढाए । त्यस क्रममा बडीगार्डले ती युवतीसँग हात छुटाउन खोजे पनि राजेश आफैले उक्त युवतीको हात छोड्न मानेनन् । स्टेजमा गीत गाउँदै ती युवतीसँग कामुक नृत्य गर्न थाले ।

युवती पनि चर्चित गायकसँग नाच्न पाउँदा निकै खुसी भएर नाचिन् । अन्त्यमा उनले दर्शकलाई छोटो सम्बोधन गर्दै ‘म तपाई‌ंहरूकै हुँ । म जहाँ जान्छु, त्यहाँ नेपाली गीत सङ्गीत गएको छ । तपाईंहरु बिनाको राजेश म कल्पना गर्न सक्दिनँ,’ उनले भने । तर, दर्शकहरूले उनको कामुक नृत्यलाई लिइएर विरोध गरिहेका छन् ।

यता डिभोर्सको खबरपछि राजेश पायलको एकपछि अर्का त्यस्ता खबरले उनी मनभित्रैबाट विचलित पो छन् कि ? भन्ने आशंका श्रोता दर्शकको रहेको छ । एउटा लोकप्रिय गायकले आफ्नो मर्यादा बिर्सिएर आफ्ना दर्शकसँग भद्दा ख्याल ठट्टा गर्छ भने पक्कै पनि उनको दिल दिमागले राम्रोसँग काम गरेको छैन भन्ने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट