एकीकृत समाजवादीको बन्द सत्रमा राजेन्द्र राईको पूरक प्रस्ताव-Sutra News

एकीकृत समाजवादीको बन्द सत्रमा राजेन्द्र राईको पूरक प्रस्ताव

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले १० औँ राष्ट्रिय महाधिवेशनमा फरक मतसहित पूरक प्रस्ताव पेश गरेका छन् ।



नेता राईले एकीकृत समाजवादीको जारी बन्द सत्रमा राईले आफ्नो फरक मतसहितको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

नेतृत्वमा माधव नेपाल निविर्कल्प रहेको बताउँदै राईले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबाद (जबज)लाई आत्मसाथ गर्दै आफ्नो मत सार्वजनिक गरेका हुन् ।

सो पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्ताबेजमा जबजको औचित्य समाप्त भइनसकेको दाबी गरेका छन् । राईले आफूलाई पहिचानको पक्षमा पनि उभ्याएका छन् । आफ्नो दस्ताबेजमा उनले पहिचानको उपदेयता नसकिएको उल्लेख गरेका छन् ।

उनले पार्टी पदाधिकारीविहीन हुनु पर्ने बताएका छन् भने एकीकृत समाजवादी पहिचानको पक्षमा उभिनु पर्ने धारणा राखेका छन् ।

उनले एमाले हुँदा भएका राजनीतिक–सैद्धान्तिक निर्णयहरुलाई निरन्तरता दिइनुको अर्थ एकीकृत समाजवादी प्रष्ट पहिचानको पक्षमा रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट