पदाधिकारी बैठकमा देउवाको बिफ्रिङ्ग : ओलीसँगको सम्बन्ध सुमधुर छ-Sutra News

पदाधिकारी बैठकमा देउवाको बिफ्रिङ्ग : ओलीसँगको सम्बन्ध सुमधुर छ

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताबारे बिफ्रिङ्ग गरेका छन् । नेता मिनबहादुर विश्वकर्माका अनुसार सभापति देउवाले बैठकमा भेटवार्ताबारे बिफ्रिङ्ग गरेका थिए ।



उनका अनुसार ओलीसँगको भेटवार्ता सौहार्दपूर्ण भएको भन्दै देउवाले भेटवार्ताले सम्बन्ध सुमधुर बनाएको बिफ्रिङ्ग गरेका छन् ।

“शीर्ष नेताहरूबीच छलफल हुँदा सरकार परिवर्तनको विषयमा चर्चा हुनु स्वाभाविक हो तर, उहाँले चिया खान बोलाउनुभयो, हामी गयौं, अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ भन्नुभयो”, देउवाले गरेको बिफ्रिङ्गबारे विश्वकर्माले भने ।

तत्काल सत्ता समीकरण परिवर्तन वा अन्य विषयमा भने देउवाले अहिले टिप्पणी नगरौं भनेको विश्वकर्माले बताए ।

शनिबार दिउँसो झण्डै तीन घण्टासम्म ओली निवासमा बालकोटमा सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । भेटवार्तामा के विषयमा छलफल भयो भन्ने नखुलाइएको भएपनि राजनीति भेटवार्तासँगै तरंगित छ ।

उक्त भेटवार्तापछि शीर्ष नेतृत्वबीचको भेटवार्ता बाक्लिएको छ । सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै चार घण्टा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट