ओलीलाई सञ्चारकर्मीहरुकाे प्रश्न- प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ?-Sutra News

ओलीलाई सञ्चारकर्मीहरुकाे प्रश्न- प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ?

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।



कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने गृहकार्य भइरहेकाे छ । कांग्रेसले ओलीलाई प्रधानमन्त्रीकाे प्रस्ता राखेका छन् । शनिबार ओली निवास बालकाेटमा भएकाे भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवाले यस्ता प्रस्ताव राखेका थिए ।

यद्दपि, ओलीले भने तत्काल प्रधानमन्त्री बन्ने अवस्था नभएकाे प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीहरुले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले यस्ताे बताएका हुन् ।

सञ्चारकर्मीहरुकाे प्रश्नमा ओलीले भने, ‘त्यस्तो त लाग्दैन मलाई । यो वर्ष बनिन्छ जस्तो लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट