प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन- अध्यक्ष ओली-Sutra News

प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन- अध्यक्ष ओली

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१
फाइल तस्बिर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।



सोमबार संसद् भवनमा पत्रकारको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले आफू प्रधानमन्त्री बन्ने अवस्था नभएको बताएका हुन् । प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले लिने ? भनी राखेको जिज्ञासामा ओलीले भने, ‘यस वर्ष त त्यस्तो लाग्दैन ।’

सत्ता परिवर्तनको चर्चा चलेसँगै प्रमुख दलका शीर्ष नेताहरूबीच भेटघाट बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट