एमालेका मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट-Sutra News

एमालेका मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका मन्त्रीलाई आफ्नो निवास बालकोटमा बोलाएका छन् ।



हाल मन्त्रिपरिषद्को बैठकमा रहेका एमाले मन्त्रीहरू बैठकपछि ओली निवास बालकोट जाने भएका छन् । एक मन्त्रीले अध्यक्षले बोलाएको पुष्टि गर्दै कारण थाहा नभएको जानकारी दिए ।

यसअघि आजै बिहान अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चार घण्टा लामो छलफल गरेका थिए । छलफलमा राष्ट्रिय सरकार बनाउने विषयमा समेत छलफल भएको दाबी गरिएको थियो ।

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस–एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट