नेता खनालको दस्ताबेज- प्रविधिले सारा उपलब्धि पुँजीपतिले एकलौटी गरेको छ (पूर्णपाठ)-Sutra News

नेता खनालको दस्ताबेज- प्रविधिले सारा उपलब्धि पुँजीपतिले एकलौटी गरेको छ (पूर्णपाठ)

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले आफ्नो पार्टीको कार्यक्रम नेपाली विशेषताको समाजवादी कार्यक्रम भएको निष्कर्ष निकालेका छन् ।



नेता खनालले काठमाडौंमा जारी पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा गत जेठ १ र २ गते बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको नेपाली विशेषताको समाजवादी कार्यक्रम जारी गर्दै यसबारे ब्रिफ्रिङ गरेका हुन् ।

‘हामीहरू क्रान्तिको आत्मगत शक्तिलाई विकास गर्दै जान्छौँ र हाम्रो कार्यक्रम लागु गर्ने परिस्थितिको निर्माण गर्छौं, हाम्रो कार्यक्रम नेपाली विषेशताको समाजवादी कार्यक्रम हो,’ उनले पेश गरेका दस्तावेजमा उल्लेख गरिएको छ ।

यस्तै, नयाँ आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नु पर्ने उनले धारणा पेश गरेका छन् । उनले नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रमहरू त्यस बेलाको वस्तुगत परिस्थितिका उपज भएको पनि उल्लेख गरेका छन् ।

‘समाजवादले समग्र नेपाली समाजलाई छिटो गतिमा आधुनिकरण गर्ने छ । अहिलेको वर्तमान विश्वलाई मात्र हेर्दा पनि पुँजीवादले वर्गीय ध्रुवीकरणलाई झन गहिरो बनाउँदै लगेको छ र आधुनिकीकरण पुँजीपति वर्गको हितमा मात्र गरेको छ । विज्ञान प्रविधिको विकासका सारा उपलब्धिमाथि पुँजीपति वर्गले एकलौटीकरण गरेको छ,’ उनले दस्तावेजमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट