मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको ब्रिफिङ- सरकार परिवर्तन हुँदैन-Sutra News

मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको ब्रिफिङ- सरकार परिवर्तन हुँदैन

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठकमा सत्ता गठबन्धन परिवर्तन हुने चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गरेका छन् ।



सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर आएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी थिइन् ।

‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नु भयो, ओली र प्रधानमन्त्रीको छलफल भएको छ,’ उनले भनिन्, ‘बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन्, यो गठबन्धन लामै समय जान्छ ।’

मन्त्री शर्माले अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा छलफल नभएको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट