आज तपाईंको दिन कति शुभ, कस्को राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, कस्को राशिफलमा के छ ?

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

आज मिति २०८१ असार १८ गते मंगलबार । सन् २०२४ जुलाई २ तारिख । नेपाल सम्बत ११४४ तछलागा एकादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

दिन राम्रै छ । कुनै महत्वपूर्ण काम रोकिएको छ भने दोहोऱ्याएर प्रयत्न गरे सफल हुने समय छ । प्रेमको बन्धन कसिएला । धन कमाउने अवसरको योग छ, तर खर्च पनि केही बढ्ला । परिवारजनबाट खुशी मिल्ला । नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ । व्यस्तता बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

बृष

दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । आज मन मिल्ने साथी भेटिने योग छ, तर मनको भाव व्यक्त गर्न हतार नगर्नु हितकर हुनेछ । आयबल बलियो होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यपन पनि वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन

कार्यगति बढ्ने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला, तर बलजफ्ती गर्दा काम बिग्रन सक्छ, हेक्का राख्नुहोला । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्ने योग छ । छरछिमेकमा विवाद पर्नुबाट जोगिने प्रयत्न गर्नुहोला ।

कर्कट

अरूको विश्वास गर्दा धोका मिल्न सक्ने समय छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ भने आश्वासन दिनेले नै झुक्याउन सक्छन् । व्यापारमा पनि खास उपलब्धि हासिल गर्न नसकिएला । इर्ष्या गर्नेहरूले काममा अवरोध खडा गर्न सक्छन् । योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । धर्मकर्ममा आकर्षण बढ्ने छ । आफ्नै बुद्धि–विवेकले परिस्थितिमा सुधार आउला ।

सिंह

हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुने दिन छ । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिने छ । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिएला । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्ने समय छ । जोखिमप्रति भने सजग रहनु पर्नेछ । रसरागमा आकर्षण बढ्ला ।

कन्या

मेहनतले धेरै काम बनाउन सकिने समय छ । बोलीको प्रभावले फाइदा उठाउन सकिने छ भने शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । अवसरका लागि केही दौडधुप गर्नु परे पनि रोकिएका कामहरू सुरु हुने छन् । धेरैको भलाइ हुने काम गर्न सकिने छ । आरोग्यता र सुख बढ्ने छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

आजको दिन केही चुनौतीयुक्त रहला । पढाइलेखाइमा केही पछि परिने योग छ । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । आफ्ना योजनाको गोपनीयतामा ध्यान दिनुहोला । नातेदारसँग मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । आर्थिक समस्याले पिर्ने र हातहतियार तथा सवारी साधनको प्रयोगमा विशेष सजगता अपनाउनुपर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक

तपाईंको लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । महत्वपूर्ण योजनाहरू गोप्य राख्न सक्दा आफ्नै प्रतिष्ठा वृद्धि हुनेछ । आजको दिन इर्ष्यालुजनबाट सावधान रहनु हितकर होला । विचारले धेरैलाई प्रभावित पार्न सकिने छ । प्रशंसकहरू बढ्ने छन् । तथापि, नियमित कार्यमा केही परिश्रम पर्ला । साहस भने बढेर आउने छ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि रहला ।

धनु

व्यस्तता वृद्धि हुनेछ । पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । एकपछि अर्को अवसर प्राप्त हुनाले मन उत्साहित रहनेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सचेत रहनुहोला । यात्रामा सफलता हात पर्नेछ ।

मकर

समय शुभदायी छ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउने छन् । काममा अभिप्रेरित गर्नेहरू भेटिने छन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । प्रशंसकहरू बढ्ने छन् । आरोग्यता रहने छ ।

कुम्भ

विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ने छ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । स्वास्थ्यप्रति भने विशेष सजगता अपनाउनु उचित हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । अनुकूलता बढ्ने छ ।

मीन

आजको दिन आलोचकहरू बढ्ने छन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । अवसर प्राप्त भए पनि जथाभावी काममा हात नहाल्नु नै हितकर हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट