काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पछिल्लाे राजनीतिक घटनाक्रमप्रति कटाक्ष गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकाे तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै उनले कटाक्ष गरेका हुन् ।
साहले पछि घटनाक्रम ‘काले काले, मिलेर खाऊँ भाले’ शैलीमा विकास भएकाे बताएका छन् । उनले पछिल्लाे घटनाक्रममा गिरिबन्धु टि स्टेटकाे प्रकरण पनि जाेडिएकाे बताएका छन् ।
“यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले,” उनले फेसबुकमा लेखेका छन् ।
मेयर साहले लेखक तथा पत्रकार नारायण गाउँलेकाे फेसबुक स्टाटस सेयर गर्दै साेमबार पारित विधेयक पनि यसैकाे कडिकाे रूपमा आएकाे बताएका छन् ।