काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यको सहमति भएसँगै नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई खुसी देखिएका छन् । भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत सांकेतिक भनाई राख्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनको धारणा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लक्षित छ । उनले माओवादी केन्द्रलाई २०६२/०६३ अघिको राप्रपाको राजनीतिसँग तुलना गर्ने गरेका थिए ।
सानो दल माओवादी केन्द्रलाई समीकरण परिवर्तन गर्दै सरकारको नेतृत्व गरिरहेको सन्दर्भमा भट्टराईले कटाक्ष प्रहार गरिरहेका थिए । यस्तोमा उनले “सधैँभरी सबैलाई ठग्ग सकिन्न” भन्दै प्रचण्डप्रति लाक्षणिक प्रहार गरेका छन् ।
“चर्चित भनाइ छ( केहीलाई सधैंभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैंभरी ठग्न सकिन्न। सन्दर्भ बुझौं १”, भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
विशेषगरी माओवादी केन्द्रसँग एकता गर्ने कि नगर्ने भन्ने कोणबाट नेसपा विभाजित भएसँगै भट्टराई प्रचण्डप्रति असन्तुष्ट छन् । उनले प्रचण्डप्रति निरन्तर विरोधका अभिव्यक्ति दिँदै आएका छन् । पछिल्लो गण्डकी प्रदेशमा आफ्ना सांसद फणिन्द्र देवकोटालाई कारबाही गरिएपछि प्रचण्डविरुद्ध भट्टराई थप आक्रोशित बनेका थिए ।