सरकार परिवर्तनकाे सहमतिसँगै सेयर बजारमा ‘सर्किट ब्रेक’-Sutra News

सरकार परिवर्तनकाे सहमतिसँगै सेयर बजारमा ‘सर्किट ब्रेक’

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

काठमाडाैं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सरकार बनाउने सहमित भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साह छाएकाे छ ।



कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो ।

त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ ।

याेबीचमा २१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ ।

सबैभन्दा बढी नेप्सेकाे अन्य समूहमा ५.७६ प्रतिशतले बढेकाे छ । लगानी ४.७३, बैंकिङ ४.३, विकास बैंक ३.९९, फाइनान्स ३.७७, होटल ३.४४, हाइड्रोपावर ४.१९, जीवन बीमा ३.२७, उत्पादन ४.०५, माइक्रोफाइनान्स २.३१, निर्जीवन बीमा ३ र व्यापार १.७५ प्रतिशत बढेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पुँजीबजारमा देखिएको हो ।

“शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट