काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । केही बेर अघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनी शीतलनिवास पुगेका हुन्।
सोमबार राति नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ गठबन्धन बनाउने समझदारीपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुन्।
नयाँ सरकारका लागि गठबन्धन बनेपनि प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिएर विश्वासको मतकाे सामना गर्ने निर्णय लिएका छन् । मंगलबार पदाधिकारी बैठक बसालेर प्रचण्डले यस्ताे निर्णय लिएका थिए ।
माओवादी केन्द्रकाे पदाधिकारी बैठकले नयाँ गठबन्धन निर्माणकाे प्रतिवाद गर्ने निर्णय पनि गरेकाे छ ।