‘शरणार्थी प्रकरणको फाइल खुल्दा अप्ठ्यारो भयो कि जस्तो लाग्छ’-Sutra News

‘शरणार्थी प्रकरणको फाइल खुल्दा अप्ठ्यारो भयो कि जस्तो लाग्छ’

‘हामी गलेर सरकार छाड्ने कुरा हुँदैन । गणित सो गर्छौं, संसद् फेस गर्छौं ।’

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

कांग्रेस र एमालेबीचमा भएको सहमतिसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्ण अल्पमतमा परेका छन् । गणितीय हिसाबले प्रचण्ड सरकारबाट बाहिरिने अवस्थामा पुगेका छन् । अल्पमतमा परेका प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्छन् वा विश्वासको मत परीक्षण गर्नेतर्फ लाग्छन् भन्ने प्रश्न अहिले प्राथमिकतामा छ ।



सँगै, दुई दलबिच भएका अन्य सहमतिले पनि राजनीतिक तह तरङ्गित छ । विशेषगरी संविधान संशोधन गर्ने विषयले अन्य दलहरूलाई झस्काएको देखिन्छ ।

अप्रत्यासितरूपमा विकास भएको पछिल्लो राजनीतिक घटनाक्रमबारे सत्तारुढ माओवादी केन्द्रका सचिव दिनानाथ शर्मासँग सूत्र न्यूजले केही जिज्ञासा राखेको छ । सचिव शर्मासँग सूत्र न्यूजका सन्देश अर्यालले गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ । लामो समयपछि माओवादी सत्ताबाट पाखा पन्छिँदै छ । घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?

दुई वटा ठुला दल मिलेर सरकार बनाउँछु भन्नु स्वभाविक हो, यत्ति हो कि पहिला नै गरेको भए अनेकन झमेला हुँदैनथ्यो । हामी स्पष्ट छौँ, जनताले हामीलाई प्रतिपक्षमा बस भनेरै मत दिएको हो ।

संसदीय प्रणालीमा जसको बहुमत छ, गणितले जसलाई साथ दिन्छ, उसले नै सरकार बनाउने हो । कांग्रेस र एमाले मिलेर सरकार बनाउँछु भन्छन् भने यसलाई अन्यथा लिन आवश्यक छैन ।

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउँछौ भनेको विषयलाई अन्यथा मान्न मिल्दैन । र, हामीले अन्यथा पनि लिँदैनौ । तर, पछिल्लो चरणमा संविधान संशोधन गर्ने, संघीयतालाई खारेज गर्ने, २०४६ सालको संविधानतर्फ फर्किने जुन कुराहरू सार्वजनिक भएका छन्, यसले भने हामी अलि सोचनीय भएका छौँ ।

भनेपछि घटनाक्रमलाई तपाईँहरूले स्वभाविकरूपमा लिनुभएको छ भनेर बुझ्दा हुन्छ ?

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउँछौ भनेको विषयलाई अन्यथा मान्न मिल्दैन । र, हामीले अन्यथा पनि लिँदैनौ ।

तर, पछिल्लो चरणमा संविधान संशोधन गर्ने, संघीयतालाई खारेज गर्ने, २०४६ सालको संविधानतर्फ फर्किने जुन कुराहरू सार्वजनिक भएका छन्, यसले भने हामी अलि सोचनीय भएका छौँ । भोलि सरकार बनेसँगै कसरी जान्छ, त्यो हेरौँला । तर, अहिले सतहमा जे–जस्ता सहमति भयो भन्ने आएको छ, ती प्रतिगमनतर्फ लक्षित छन् ।

जनताका मौलिक अधिकारहरू खोस्ने, समावेशी, समानुपातिक एजेन्डाहरू खोस्ने कुरा हुन लागेको त होइन भन्ने देखिएको छ । भएका सहमतिलाई हेर्दा, गणतन्त्र राख्ने र बाँकी सबै खोस्ने खतरा देखिएको छ ।

उल्लेखित एजेन्डाहरू हामीले लडेर ल्याएको भनिरहनुहुन्छ । हजुरकै भनाइलाई हेर्दा, यी एजेन्डा नै खोसिने अवस्था बनेको देखिन्छ । यस्तो अवस्थामा तपाईँहरू के गर्नुहुन्छ ?

यो गम्भीर आपत्तिको विषय हो । हामी जनताको बिचबाटै आएका शक्ति हौँ । यस्तो अवस्थामा हामी जनताकै बिचमा जान्छौँ । यदि, खोसिने अवस्था बन्यो भने हामी संघर्षमा उत्रिन तयार छौँ ।

दुई दलबिच सहमति भएसँगै प्रधानमन्त्री अल्पमतमा परिसक्नुभएको छ । यस्तोमा प्रधानमन्त्रीले सहज मार्ग प्रशस्त गर्नुहुन्छ वा अरु विकल्पमा जानुहुन्छ ?

हामी यो गठबन्धनलाई जोगाउनुपर्छ भन्नेमा नै छौँ । यो गठबन्धन वामपन्थीको गठबन्धन हो । ओलीलाई प्रधानमन्त्री बन्ने चाहना भए, यहीँबाट बन्दा हुन्छ भन्ने कुरा हाम्रो हो । हिजो दिउँसोसम्मको छलफल पनि सोही ढंगबाट अगाडि बढेको थियो ।

तर, पछि रातारात कुरा अर्के भयो । दलहरूभित्रका पश्चगामी सोच भएका साथीहरूले निर्णायक भूमिका खेलेको देखियो । तर, अझै पनि पिक्चर क्लियर भइसकेको छैन । देउवालाई माओवादीले समर्थन गर्‍यो भने के हुन्छ भन्ने पनि छ ।

भनेपछि माओवादी केन्द्रले एक महिना खेल खेल्छ ?

हामी गलेर छाड्ने कुरा हुँदैन । गणित सो गर्न जाने, संसद् फेस गर्ने धारणा प्रधानमन्त्रीको छ, हामी पदाधिकारी टिमको पनि त्यसमा पूर्ण सहमति छ । योबीचमा हामी विभिन्न दलहरूसँग संवाद र छलफललाई पनि अगाडि बढाउँछौँ । कांग्रेस र एमालेभित्रैका साथीहरूसँग पनि छलफल गर्छौँ ।

संवैधानिक प्रक्रियामा जाँदा यदि हामीले बहुमत सिद्ध गर्न सकेनौ भने अर्को प्रक्रियामा मुलुक जान्छ । अहिले सरकार धारा ७६ (२) अनुसार गठन भएको हो । त्यसकारण अब जाने धारा ७६ (३)को प्रक्रियामा हो । त्यो भनेको ठुलो दलले सरकार बनाउने हो ।

भनेपछि, तपाईँहरू एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न रोक्ने प्रयासमा हुनुहुन्छ ?

रोक्ने, नरोक्ने भन्दा पनि संवैधानिक प्रक्रियामा जानुपर्छ भन्ने हो । हामी प्रक्रियामा अगाडि जान्छौँ ।

पछिल्लो चरणमा बेचन झा र बादलपुत्र प्रतिक थापाको गिरफ्तारीले पनि उहाँहरू दुवै थरी झस्किएको हो कि भन्ने पनि लागेको छ । प्रचण्ड जसरी सुशासनको पक्षमा लाग्नुभयो, यसले पनि समस्या बनायो भन्ने लाग्छ । एकपछि अर्को गर्दै विभिन्न प्रकरणका फाइल खोल्ने, आफ्नो वा अर्को नहेरी भटाभट कारबाही गर्ने त्यो स्प्रीटमा प्रचण्ड हुनुहुन्थ्यो ।

तपाईँहरू पाँचै वर्ष यही सरकार, यही समीकरण अगाडि बढ्छ भनिरहनु भएको थियो । एमालेभित्रबाट पनि सोही खालका धारणाहरू आएका थिए । तर, एकाएक परिदृश्य फेरिनुको पछाडिको कारण के हो ? एमालेसँग कहाँ कुरा मिलेन ?

कुरा स्पष्ट छ, पहिलेदेखि सरकारको गतिविधिप्रति एमालेलाई नमिठो–नमिठो लागिरहेको थियो । बादलहरूमाथि मुद्दा लाग्यो, टोपबहादुरहरू अहिले जेलमा छन् । अहिले अन्य ठुला काण्डहरूमाथि पनि छानबिन भइरहेको छ । सहकारी, गिरिबन्धु टि–स्टेट जस्ता कुराहरू आएका छन् । यी तमाम चिज जे–जे आए, यसले एमालेलाई मिठो लाग्ने अवस्था थिएन ।

प्रचण्ड जसरी सुशासनको पक्षमा लाग्नुभयो, यसले पनि समस्या बनायो भन्ने लाग्छ । एकपछि अर्को गर्दै विभिन्न प्रकरणका फाइल खोल्ने, आफ्नो वा अर्को नहेरी भटाभट कारबाही गर्ने त्यो स्प्रीटमा प्रचण्ड हुनुहुन्थ्यो ।

गठबन्धनको सरकार हुनु अनि गणितीय हिसाबले कमजोर धरातलमा यी सबै काम गर्ने अवस्था थिएन । केही अगाडि बढाउने बित्तिकै हस्तक्षेप भइरहेको सबैले देखेकै कुरा हो ।

ओलीजीलाई पनि यी कुराहरूले हैरान पारेको अवस्था हो । पछिल्लो चरणमा बेचन झा र बादलपुत्र प्रतिक थापाको गिरफ्तारीले पनि उहाँहरू दुवै थरी झस्किएको हो कि भन्ने पनि लागेको छ ।

भनेपछि नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल रि–ओपन हुँदा यो उथलपुथल आयो ?

‘बाघ कराएको, बाख्रो हराएको’ जस्तै अहिले भएको छ । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल रि–ओपन गर्नु र यी घटनाहरू देखिनुलाई संयोग मात्रै होइन कि भन्ने अवस्था छ । यद्यपि, यो अनुसन्धानको पाटो हो । जालो कहाँसम्म पुगेको छ ? यी कुराहरू पछि खुल्दै जाला ।

यो डेढ वर्षमा सबै हिसाबले असुविधा हुँदा हुँदै पनि माओवादी केन्द्रले राम्रो गर्नको लागि निकै प्रयत्न गर्‍यो । सुशासनलाई सुव्यवस्थित गराउन निकै काम गर्‍यो । यो सरकार आइसकेपछि नै हो, यति धेरै ठुला भनिएका मान्छे जेलमा गएको । यसले धेरै मान्छेलाई सतर्क र सचेत हुने अवस्था बनाएको छ । 

अन्तिममा, गणितमा कमजोर हुँदा हुँदै पनि डेढ वर्ष बढी सरकारको नेतृत्व गर्ने अवसर मिल्यो । यो डेढ वर्षको अवधिलाई कसरी मूंल्याकन गर्नुहुन्छ ?

यो डेढ वर्षमा सबै हिसाबले असुविधा हुँदा हुँदै पनि माओवादी केन्द्रले राम्रो गर्नको लागि निकै प्रयत्न गर्‍यो । सुशासनलाई सुव्यवस्थित गराउन निकै काम गर्‍यो । यो सरकार आइसकेपछि नै हो, यति धेरै ठुला भनिएका मान्छे जेलमा गएको । यसले धेरै मान्छेलाई सतर्क र सचेत हुने अवस्था बनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा पनि यो सरकारले सन्तुलनकारी भूमिका खेलेको छ । योबीच विकास निर्माणका काम पनि धेरै भएका छन् ।

सामान्य पाठ्यपुस्तकमा राजनीतिक हुने अवस्था यही सरकारले अन्त्य गरेको छ । मलमा हाहाकार हुने अवस्था बन्द भएको छ । यस्ता थुप्रै काम माओवादीले गरेको छ, जुन निकै उदाहरणीय छन् ।

यदि सजिलो अवस्थामा काम गर्न पाएको भए, माओवादीले धेरै उपलब्धि दिन सक्थ्यो । संख्या र शक्तिको हिसाबले माओवादीले जे गर्न सक्थ्यो, त्यो गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट