प्रेस काउन्सिललाई झारा टार्ने जवाफ दिएकी ओसिनलाई फेरि बोलायो-Sutra News

प्रेस काउन्सिललाई झारा टार्ने जवाफ दिएकी ओसिनलाई फेरि बोलायो

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

काठमाडौं । कान्तिपुर टिभीबाट प्रसारण हुने कार्यक्रम इट्स माइ शो विवादबारे सबैलाई अवगत नै छ । केही दिनअगाडि यो विवादले पूरै सामाजिक सञ्जाल तताएको थियो ।



उक्त कार्यक्रममा गेस्ट बनेर गएका स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह साथै कार्यक्रम प्रस्तोता ओसिन सिटौलाले दर्शक तथा स्रोताबाट खानुसम्म गाली खाए । यो विषयलाई लिइएर सामान्य मानिसदेखि ठूला ठूला सेलिब्रेटिहरुले पनि टिका टिप्पणी गरे । त्यति मात्र हैन नेपाल चलचित्र कलाकार सङ्घले त स्वस्तिमा र साम्राज्ञीले दिएको अभिव्यक्तिको निन्दा गर्दै एक विज्ञप्ति नै निकालेको थियो ।

उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको ठहर गर्दै विज्ञप्ति निकालेको हो । यो विवाद यति फैलियो कि यता प्रेस काउन्सिलले पनि विवादित कार्यक्रम ‘इट्स माइ शो’ का विषयमा कान्तिपुर टिभीलाई स्पष्टीकरण मागेको थियो ।

तर, कान्तिपुरले पठाएको जवाफ चित्त बुझ्दो नरहेपछि प्रेस काउन्सिलले फेरि विवादित कार्यक्रमकी प्रस्तोता ओसिनलाई बयानका लागि बोलाएको छ । कान्तिपुरको जवाफी पत्रमा आफूहरू पत्रकार आचारसंहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गरिए पनि गल्ती सच्याउने तत्परता व्यक्त भएको छैन ।

‘आफूहरूले हल्काफुल्का गसिपको रूपमा सो कार्यक्रम चलाएको भनेर हल्काफुल्का जवाफ आएपछि यो झारा टार्ने कुरा मात्रै हो भन्दै काउन्सिलले यस विषयलाई गम्भीर रूपमा लिएर थप कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ । त्यसैले प्रेस काउन्सिलले हिजो कार्यक्रम सञ्चालिका ओसिन सिटौलालाई कार्यालयमै उपस्थित भएर बयान दिन पत्र काटेको छ ।

पत्रमा भनिएको छ, ‘’इट्स माइ शो विथ ओसिन सिटौला नामक कार्यक्रममा सम्प्रेषण भएका सामग्री अनुगमन गर्दा कतिपय अंशहरू पत्रकार आचारसंहिता प्रतिकूल देखिएको सन्दर्भमा तपाईँलाई देहायको स्थान, मिति र समयमा उपस्थितिका लागि निर्णयअनुसार जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट