दयाहाङको मगर अवतार दर्शकको प्रतिक्षामा-Sutra News

दयाहाङको मगर अवतार दर्शकको प्रतिक्षामा

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

काठमाडौं । फिल्म ‘घरज्वाइँ’ आगामी असार २८ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको छ । यो फिल्मका युट्युबमा सार्वजनिक भएका प्रचार सामाग्री टिजर, गीत र ट्रेलरकाले दर्शकमाझ राम्रो हाइप निर्माण गरिरहेको छ ।



करिब एक महिना रिलिज गरिएको टिजरको हालसम्म आठ लाख साठी हजार भन्दा बढी भ्यूज छ भने त्यस पछि सार्वजनिक भएका गीत र ट्रेलर क्रमश चार लाख सोह्र हजार, करिब नौ लाख भ्यूज छ ।

ट्रेलरमा युवायुवतीबीचको आकर्षण, प्रेम, सर्त, बाध्यता र अर्काको परिवार रिझाउन नसक्दाको कथा समेटिएको छ । एकले अर्काको परिवारलाई सहजै स्वीकार्न नसक्दाको द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ । साथै, फिल्मका मुख्य पात्र दयाहाङ राईले मिरूना मागर पाउनका लागि गरेको संघर्ष, त्यसक्रममा आउने परिस्थिति र सम्बन्धमा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ। अझ ट्रेलरलाई मिलेको प्रतिक्रिया हेर्दा फिल्मलाई लिएर दर्शक उत्साहित रहेको देख्न सकिन्छ ।

मगर समुदायको संस्कार तथा संस्कृतीमा आधारीत कथासार बुझाउने ट्रेलरले एउटा गाउँमा शिक्षण पेशा गरिरहेको युवा र त्यहीँकी मगर युवतीसँग प्रेम बसेपछि आउने आरोह-अवरोहलाई देखाएको ट्रेलर हेरेर अधिकांश दर्शकले कमेन्टमा दयाहाङ राई र मिरुना मगरको जोडीलाई रुचाएको बताइरहेका छन् । यी प्रचार सामाग्री जुन रुपले दर्शकले हेरेर प्रतिक्रिया जनाइरहेका छन् त्यस अनुसार फिल्म ‘घरज्वाइँ’को चर्चा बढ्दै गइरहेको देखिन्छ ।

ट्रेलर हेरेर केही दर्शकले ‘कबड्डी’मा हिमालको थकाली, ‘जारी’मा पूर्वको लिम्बु, अब पश्चिमको मगर समुदायको कथामा शुभकामना दया मिरुनको जोडी भनेर बताइरहेका छन् । केहीले दर्शकले फिल्म समाजको एना हो, रुकुमको तकसेराको मगर समुदायको रितिरिवाज, परम्परा, संस्कृति र विश्वास पद्धतिलाई त्यहाँका मगरले लगाउने भेषभुषा, बोलिचाली, खानपानलाई बहुत सुन्दर ढङ्गले देखाएको घरज्वाइँ हेर्नु आतुर छौं भनेर प्रतिक्रिया दिइ रहेका छन् ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भन्डारीले सम्पादन छ । एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा फिल्मलाई आरआर फिल्मसले वितरण गर्ने जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट