फेरि अर्को नाटकको मञ्चन !-Sutra News

फेरि अर्को नाटकको मञ्चन !

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

हिजोसम्म भन्दै थिए, यही गठबन्धनलाई चुनावसम्म लैजाने । अझ गठबन्धन बलियो बनाउने । मध्यरातमै अर्को सहमति भयो रे ! कांग्रेस–एमाले मिलेर राष्ट्रिय सरकार बनाउने रे ! के पत्याउने हो ? बोलीमा विश्वास चाहिँदैन ? राजनीति भनेको छलछाम मात्रै हो ? जे गरे पनि जनताले पत्याउनु पर्ने हो ? ताली बजाई दिनु पर्ने हो ? सधैँ छलछामको राजनीति नगर, अति भो ! 

संसद्को पहिलो ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा (एमाले) मिलेर सरकार बनाउने सहमति भयो रे ! एमालेले आधा कार्यकाल पहिलो चरणमा र कांग्रेसले आधा कार्यकाल दोस्रो चरणमा प्रधानमन्त्री हुने भन्ने सहमति पनि भयो रे ! फेरि पनि उधारो नहोला भन्न सकिन्न । दोस्रो चरणको व्यक्ति प्रधानमन्त्री नै होला भन्न सकिन्न । अहिलेसम्मको छलछामको राजनीतिलाई कसरी बिर्सने ? धोखा हुनेछ, घिउ बेचुवा र तरबार बेचुवाको कथा हुनेछ ।

२०४७, २०५५, २०६३ मा पनि कांग्रेस र एमाले मिलेर नै सत्ता चलाएका हुन् । भयो उपलब्धि के ? पार्टीलाई फाइदा भयो होला । नेतालाई फाइदा भयो होला । देशले पायो के ? जनताले पाए के ? जनजीविका कति सहज भयो ? सत्ता होइन; जनताको अवस्था परिवर्तन चाहियो । नाटक नगरे राम्रो ।

देश र जनताका लागि यी दल मिल्नु घातक हुन्छ । किनकि भ्रष्टाचार संस्थागत हुनेछ, विधिको शासन मुर्छित हुनेछ, कांग्रेस र एमालेमै छन्, सबैभन्दा ठुला भ्रष्टाचारी । खराब आचरणका नेता कार्यकर्ता तिनै पार्टीमा छन् । यो कुरा, बनावटी होइन । तथ्यहरू यही बोल्छन् । त्यसैले कुनै परिवर्तन हुने गुन्जायास छैन ।

‘मिसन ८४’लाई रोक्न खोजिएको होला । यसले झन् सहज हुनेछ । अब हुनेछ यिनीहरूको वास्तविक परीक्षण ? परीक्षा सुरु भएको छ ।

आवरणमा संविधान संशोधन गर्ने भनिएको छ । यदि संविधान नै संशोधन गर्ने हो भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाऊ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाऊ । सानो संसद् बनाऊ । विज्ञबाट मन्त्री बनाउने व्यवस्था गर । स्थानीय सत्तालाई अझ बलियो बनाऊ । सक्छौ संघीयता खारेज गर । यो काम छैन । सक्दैनौ भने राजनीतिलाई जागिर होइन, सेवाको पार्ट टाइम जब बनाऊ । गर्न सकिन्छ तर, सम्भावना छैन । त्यसैले खास जनतालाई हुने केही होइन । अलमल्याउने मेलो हो । देशमा झन् कुशासन बढ्ने निश्चित छ । प्रजातन्त्रको हुर्मत लिने छ ।

२०८१ मा एमाले र कांग्रेस मिलेर राष्ट्रिय सरकार बनाउने कुरा अझ ठुलो धोका हो । गिरिबन्धुहरूलाई, शरणार्थी बेच्नेहरूलाई राहत होला । खास निमुखा जनतालाई केही हुने छैन । चेतना भया !

२०८१ मा एमाले र कांग्रेस मिलेर राष्ट्रिय सरकार बनाउने कुरा अझ ठुलो धोका हो । गिरिबन्धुहरूलाई, शरणार्थी बेच्नेहरूलाई राहत होला । खास निमुखा जनतालाई केही हुने छैन । चेतना भया !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट