विश्वकप खेलेको भन्दै सन्दीप लामिछाने सम्मानित-Sutra News

विश्वकप खेलेको भन्दै सन्दीप लामिछाने सम्मानित

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेलाई भरतपुर महानगरले सम्मान गरेको छ ।



महानगरले आज एक विशेष कार्यक्रम आयोजना गरी एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । भरतपुर महानगरवासीको हैसियतमा विश्वकप क्रिकेट खेलेको भन्दै सम्मान गरेको जानकारी दिएको छ ।

लामिछानेले भरतपुर महानगर भित्र घर बनाउन लागेका जनाइएको छ ।

यसै हप्ता मात्रै सम्पन्न भएको टी २० विश्वकपमा लामिछानले दुई खेलमा सहभागी जनाएका थिए । आयोजक राष्ट्र वेष्ट इण्डिजले भिसा दिए पनि सहआयोजक अमेरिकाले भिसा नदिएपछि उनले दुई खेल मात्रै खेलेका थिए । उनी अमेरिका भएको दुई खेलमा सहभागी हुन नपाएका हुन् ।

प्रतियोगितामा सन्दीपले बंगलादेशविरुद्ध दुई विकेट लिँदै विश्व कीर्तिमान बनाएका थिए । उनले आफ्नो करिअरमा सबैभन्दा कम खेल खेलेर टी २० फम्र्याटमा एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका थिए । उनले ५४ बल खेलेर उक्त रेकर्ड बनाएका हुन् ।

टी २० क्रिकेटमा उनीभन्दा कम खेल खेलेर सय विकेट लिनेमा अफगानिस्तानका रसिद खान पहिलो स्थानमा रहेका छन् । उनले ५३ खेलमा १०० विकेट बनाएको रेकर्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट