सप्तऋषि ओयलको उद्योगमा तालाबन्दीको चर्चा मिथ्या-Sutra News

सप्तऋषि ओयलको उद्योगमा तालाबन्दीको चर्चा मिथ्या

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

काठमाडौं । सप्तऋषी ओयल एण्ड कष्मेटिक इण्डष्ट्रीले आफ्नो कम्पनी परिसरमा तालाबन्दी भएको र आफ्नो उत्पादन श्री केश हेयर ओयल बिक्री वितरणमा रोक लगाइएको भन्ने चर्चाको खण्डन गरेको छ । केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका यस्ता समाचार मिथ्या भएको कम्पनीले जनाएको छ ।



मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै कम्पनीका प्रबन्ध निर्देशक टिकाराम बुढाथोकीले महानगरपालिकाले आफ्नो उत्पादन र उद्योगको अनुगमन गरेको भएपनि तालाबन्दी गर्ने र बिक्री वितरणमा रोक लगाउने कुनै काम नगरेको जनाएका छन् ।

कम्पनीले आफ्नो उत्पादनमा पनि कुनै समस्या नभएको पनि उनले बताएका छन् । कम्पनीले भ्रमको पछि नलाग्न पनि उनको आम उपभोक्तालाई आग्रह छ ।

“यस सप्तऋषी ओयल एण्ड कष्मेटिक इण्डष्ट्रीबाट उत्पादित श्री केश हेयर ओयलको गुणस्तर एवम् उत्पादनलाई उद्योग परिसरमा गरिएको अनुगमनलाई लिएर, उद्योगमा महानगरपालिकाले तालाबन्दी गरिदिएको भन्ने भ्रामक समाचारप्रति उद्योगको गम्भीर ध्यानकर्षण भएको छ”, बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महानगरपालिकाबाट उद्योगमा कुनै तालाबन्दी नगरिएको र श्री केश हेयर ओयल बिक्री वितरणमा कुनै रोकावट नगरिएको विषय सम्पूर्ण आम उपभोक्ता, बिक्रीकर्ता एवम् शुभचिन्तकहरु समक्ष जानकारी गराउँदछौं ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट