आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

आज मिति २०८१ असार १९ गते बुधबार । सन् २०२४ जुलाई ३ तारिख । नेपाल सम्बत ११४४ तछलागा द्वादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने र प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । पुरानो सफलताले पनि हौसला जगाउने छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । आजको दिन रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । यात्रामा सफलता प्राप्त गर्नु हुनेछ । अनुकूलता वृद्धि हुनेछ ।

बृष

दिन राम्रो छ । प्रतिभाले फाइदा दिलाउने छ । नयाँ कामको प्रस्ताव आउने छ भने सहयोगीहरू प्रशस्तै भेटिने छन् । अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मत गर्न सके मनग्य धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । मिठो भोजन प्राप्त हुनेछ । आयबल बढ्ने छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्ने छ ।

मिथुन

कर्मबल बढ्ने छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्ने छ । बौद्धिकता र रचनात्मकता बढ्ने छ ।

कर्कट

आजको दिन हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनेछ । धर्मकर्ममा आकर्षण बढ्ने छ । आरोग्यता रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

दिन त्यति अनुकुलको नहुन सक्छ । दौडधुप बढ्नेछ । अनावश्यक दौडधुपमा समय बित्ला । आजको दिन योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनु हितकर होला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर जुर्न सक्छ । प्रेम र मित्रताको गाँठो कसिने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । आरोग्यता वृद्धि हुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । व्यापार ब्यवसायमा फाइदा होला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक

पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । प्रतिस्पर्धीहरूबाट विशेष सजग रहनुहोला । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्ने योग छ । यसका बाबजुद प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता बढ्नेछ । योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।

धनु

व्यस्तता बढ्ने छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । बोली र व्यक्तित्वको प्रभाव पर्नेछ । तथापि, अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि विजय तपाईंकै होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर

उत्साहजनक समाचारले मन प्रशन्न हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । विभिन्न भौतिक साधनहरू जुट्नाले प्रशन्नता मिल्नेछ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ

शुभता बढ्नेछ । विभिन्न अवसरले पछ्याउने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । व्यापारमा राम्रै फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने योग रहेकोले सचेत रहनु हितकर हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइएला । काम बिग्रने डरले सताइरहनेछ । आफन्तको साथ भने मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट