मुखमा टेप लगाएर बैठकमा पुगे रास्वपा महामन्त्री ढकाल-Sutra News

मुखमा टेप लगाएर बैठकमा पुगे रास्वपा महामन्त्री ढकाल

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१
फाइल तस्विर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर पुगेका छन् ।



बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन् भएको जिकिर गरेका छन् ।

उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् । त्यही मास्क लगाएर बैठकमा सहभागी छन् ।

महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट