सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?-Sutra News

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मूल्य तोलामा चार सयले बढेको नेपाल सुच चाँदी व्यवसायी महासंघले जनाएको छ ।



योसँगै आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोलाको एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि एक लाख ४२ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ४२ हजारमा खरिदबिक्री भइरहेको छ । आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर एक हजार ८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट