रास्वपाको बैठकमा मुकुल ढकालले किन लगाए मुखमा टेप ?-Sutra News

रास्वपाको बैठकमा मुकुल ढकालले किन लगाए मुखमा टेप ?

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले आफ्नो बोल्ने अधिकार हनन भएको भन्दै मुखमा कालो टेप लगाएको बताएका छन् ।



बुधबार बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी महामन्त्री ढकालले मुखमा कालो पट्टी लगाएर उपस्थित भएका थिए ।

महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेसँग बैठक लाइभ गर्न आग्रह गरेका थिए । तर, बैठक लाइभ नगर्ने निर्णय भएसँगै उनले आफ्नो बोल्ने अधिकार हनन भएको भन्दै विरोध जनाएका हुन् ।

यस्तै, महामन्त्री ढकालको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो । तर, लिखित प्रस्ताव तयार पारिए पनि सभापतिले पेश गर्ने अनुमति नदिएको उनका भनाइ थियो ।

प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।

यसअघि ढकालले विभिन्न जिल्लामा पुगेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए । यस क्रममा उनले पार्टी सुधार गर्नु पर्ने बेला आएको निष्कर्ष निकाल्दै कठोर कदम चाल्न आग्रह गरेका थिए ।

यस क्रममा उनले पार्टी सभापति लामिछानेलाई पुराना दलका केपी शर्मा ओली र पष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्नु हानिकार भएको बताएका थिए ।

यस क्रममा उनले काठमाडौंका मेयर बालेन साहसहित स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका जनप्रतिनिधिहरूसँग सहकार्य गरेर अगाडि जानु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट