एमालेसँगको सहमति स्वीकार गर्ने कांग्रेसको निर्णय-Sutra News

एमालेसँगको सहमति स्वीकार गर्ने कांग्रेसको निर्णय

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।



कांग्रेसको बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।

उनले भने, ‘ठूला दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ र कांग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।’

उनले आजको बैठकले एमालेसँग भएको सहमति स्वीकार गर्ने निर्णय गरेको बताए । एमालेसँग भएको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिला प्रधानमन्त्री हुने र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट