डकुड्रामा ‘हामी छौं’को दुई पोस्टर सार्वजनिक, दसैंमा आउने-Sutra News

डकुड्रामा ‘हामी छौं’को दुई पोस्टर सार्वजनिक, दसैंमा आउने

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । डकुड्रामा ‘हामी छौं (सिजन १)’को दुई पोस्टर रिलिज भएको छ ।



आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज हुने डकुड्राको सार्वजनिक पोस्टरमा प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् । एक पोस्टरमा सलिनाले आफ्नो चप्पललाई काँधमा लौरोको सहारामा अड्याएकी छिन् भने आर्यनले पनि त्यसैगरी जुत्तालाई लौरोमा राखेर काँधमा अड्याएका छन् । कुनै एक खोलामा उनीहरुलाई प्रफुल्लित मुद्रामा देख्न सकिन्छ ।

गाम्रीण जनजीवनलाई देख्न सकिने अर्को पोस्टरमा सलिना र आर्यनलाई मोटरसाइकलको अगाडि बसेको र त्यसकै छेउमा रोपाईमा रमाएको देख्न सकिन्छ । पोस्टरमा डकुड्रामामा खिचिएका दृश्यहरुको स्टिल तस्वीरलाई समेत स्थान दिइएको छ ।

सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । यो डकुड्रामा ७ एपिसोडको हुने निर्माणपक्षले बताएको छ ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायतको अभिनय छ ।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो ।

रामजी राउत निर्देशन गरेको डकुड्रामामा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

डकुड्रामा अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट