बैठकमा पेश गर्न नदिइएको रास्वपा महामन्त्रीको प्रस्तावमा के छ ?-Sutra News

बैठकमा पेश गर्न नदिइएको रास्वपा महामन्त्रीको प्रस्तावमा के छ ?

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले पेश गर्न नदिएको प्रस्तावमा पार्टीलाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने उल्लेख गरेका छन् ।



जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो समिक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न सभापति लामिछानेले नदिएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन ।’

बैठकलाई प्रत्यक्ष प्रशारणको माग राखेका ढकालको सो माग पुरा नभएपछि उनले मुखमा कालो टेप लगाएर सहभागिता जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट