आफूविरुद्ध केन्द्रीत बनाइएपछि रविले रोके मुकुलको प्रस्ताव-Sutra News

आफूविरुद्ध केन्द्रीत बनाइएपछि रविले रोके मुकुलको प्रस्ताव

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा पार्टी सभापति रवि लामिछानेले महामन्त्री डा. मुकुल ढकाललाई प्रस्ताव पेस गर्न रोकेका छन् । महामन्त्री ढकालकै समीक्षा प्रतिवेदनमाथि छलफल भइरहेको पार्टी केन्द्रीय समिति बैठकमा सो प्रतिवेदलाई लिएर ढकालले तयार गरेको प्रस्ताव पेस गर्न रोकिएको हो ।



महामन्त्री ढकालका अनुसार मंगलबार बसेको सचिवालय बैठकले सो प्रस्ताव पेस गर्न अनुमति दिने निर्णय गरेको थियो, यद्यपि बुधवार बसेको केन्द्रीय समितिको बैठकमा सभापतिले रोकिदिए । “समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर, लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनुभएन”, प्रस्ताव पेस गर्न नदिइएको सन्दर्भमा ढकालले भनेका छन् ।

महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमाथि उठेका प्रश्न र आफूमाथि गर्न खोजिएको कारबाहीबारे प्रस्तावमा बोलेका छन् । ६ पृष्ठको प्रस्तावमा उनले आत्मालोचना पनि गरेका छन् । साथै, मिडियामा प्रस्तावबारे बोलिएको विषय ठिक वा बेठिक भन्ने सन्दर्भमा अझै अलमलमा रहेको बताएका छन् ।

व्यक्तिगत कुराहरू धेरै उल्लेख गरिएको प्रस्तावमा उनको केटीसाथीबारे पनि बोलिएको छ ।

सँगै उनले प्रस्तावमा ‘रवि पार्टी’बाट कसरी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाउने भन्ने सन्दर्भमा पनि विशेष प्रस्ताव नै राखेका छन् । जसमा उनले चार बुँदामा काम गर्नुपर्ने बताएका छन् ।

महामन्त्री ढकालले केन्द्रीय समिति बैठकलाई लाइभ गर्नसमेत माग गरेका थिए । तर, बैठक लाइभ नगरिएपछि उनी मुखमा कालो टेप लगाएर बैठकमा सहभागी छन् ।

इलाम–२ को उपनिर्वाचनपछि पार्टीको जनमत बुझ्न ढकालले ३८ जिल्लाका नेता तथा कार्यकर्तासँग संवाद गरेका थिए । जसका आधारमा उनले ३२ पृष्ठको ११ बुँदे समीक्षा प्रतिवेदन प्रस्तुत गरेका छन् । जुन प्रतिवेदनमा पार्टी गम्भीर संकट उन्मुख भएको बताइएको छ ।

यस्तो छ पार्टी बैठकमा ढकालले पेस गर्न नपाएको प्रस्ताव

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट