प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गर्ने एमालेको तयारी-Sutra News

प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गर्ने एमालेको तयारी

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनबाट नेकपा एमाले बाहिरिने भएको छ ।



मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले पदबाट राजीनामा गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । तर, प्रधानमन्त्रीले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो ।

बुधबार दिउँसो ३ बजेपछि समर्थन फिर्ता गरेर एमाले मन्त्रीहरुले राजीनामा गर्ने निर्णयबारे छलफल भएको एमालेले जनाएको छ । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भइसकेको छ ।

दुृई ठूला दलको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट