नवाजुद्दीन सिद्दिकी भन्छन्- म इन्डस्ट्रीमा सबैभन्दा खराब देखिने अभिनेता हुँ-Sutra News

नवाजुद्दीन सिद्दिकी भन्छन्- म इन्डस्ट्रीमा सबैभन्दा खराब देखिने अभिनेता हुँ

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नो रंग र लुकका कारण विभेदको सिकार हुनुपरेको र मानिसहरूले उनलाई कुरूप ठाने र घृणा गर्ने गरेको बताएका छन् । उनले आफ्नो रंगका कारण समाजमा भेदभावको सामना गर्नुपरेको तर फिल्म उद्योगप्रति आभारी छु जहाँ आफूले यी सबैको सामना गर्नु नपरेको बताएका छन्।



न्युज १८ लाई दिएको एक अन्तर्वार्तामा अभिनेताले भने, ‘मलाई थाहा छैन, कतिपयले मानिसहरु किन लुक्सका कारण अरुलाई घृणा गर्छन् । सायद हाम्रो अनुहार नै यस्तो छ – धेरै कुरूप। म प्रायः यो सोच्दछु जब म ऐनामा आफैलाई हेर्छु, त्यसपछि म आफैँलाई सोध्छु, किन यस्तो कुरूप अनुहार लिएर फिल्म क्षेत्रमा आएको ? शारीरिक रूपमा म यो फिल्म उद्योगमा सबैभन्दा खराब देखिने अभिनेता हुँ। म यो विश्वास गर्छु किनभने मैले यो सुरुदेखि सुन्दै आएको छु र मलाई पनि त्यस्तै महसुस हुने गरेको छ।’

फिल्म क्षेत्रको तारिफ गर्दै नवाजले भने, ‘समाजमा विभेद छ तर फिल्म क्षेत्रमा छैन । यदि तिमीमा थोरै पनि प्रतिभा छ भने, यो फिल्म क्षेत्र तपाईलाई धेरै कुरा दिन तयार छ ।’

नवाजुद्दीनको करियरको कुरा गर्दा उनले सन् १९९९ मा फिल्म ‘सरफरोश’ बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्ममा उनले आतंकवादीको भूमिका निभाएका थिए । यसपछि उनले ‘मुन्नाभाई एमबीबीएस’, ‘ब्ल्याक फ्राइडे’, ‘देव डी’, ‘कहानी’, ‘पान सिंह तोमर’, ‘ग्याङ्ग्स अफ वासेपुर’, ‘तलाश’, ‘किक’, ‘बजरंगी भाइजान’, ‘बजरंगी भाईजान’, ‘गँग्स अफ वासेपुर’मा काम गरे।

यस्तै नवाजुद्दीनले ‘रमन राघव २.०’, ‘सेक्रेड गेम्स’, ‘मंटो’ लगायतका अन्य धेरै फिल्ममा काम गरिसकेका छन् भने हालै उनी अभिनित फिल्म ‘रौतू का राज’ जुन २८ मा ओटिटीमा रिलिज भएको छ, जसमा उनले एक पुलिस अफिसरको भूमिका निभाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट