भ्रष्टाचारका आरोपीलाई पक्राउ गर्न गृहमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको चुनौती-Sutra News

भ्रष्टाचारका आरोपीलाई पक्राउ गर्न गृहमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको चुनौती

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई भ्रष्टाचार प्रकरणमा जोडिएका व्यक्तिलाई पक्राउ गर्न चुनौती दिएका छन् ।



कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बुधबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि बोल्दै उनले भ्रष्टाचार प्रकरणमा जोडिएका व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न चुनौती दिएका हुन् ।

यस क्रममा महामन्त्री शर्माले पछिल्लो राजनीतिक घटना क्रममा देखिएको परिस्थिति सुखद नभएको बताए । उनले गृहमन्त्री रवि लामिछानेलाई इङ्गित गर्दै आफूलाई काम गर्न नदिएको भन्दै गरेको टिप्पण गलत भएको बताए ।

उनले दुई ठूला दलहरू मिलेर बनेको सरकारले पनि भ्रष्टाचारको फाइले खोल्ने दाबी गरेका थिए । ‘कुनै पनि विषय आउँदै गर्दा भ्रष्टाचारको फाइलहरू बन्द गर्ने भन्ने हुँदैन, साथीहरूलाई के लागेको होला भने भ्रष्टाचारको फाइल खोल्दै थियौँ सरकारबाट हटाइयो, अहिले पनि हुनुहुन्छ त गृहमन्त्री, आज साँझसम्म हुनु होला, एक महिनासम्म हुन पाउनु हुन्छ,’ उनले भने ।

यससँगै उनले अहिले अनुसन्धानको प्रक्रियामा भएको भ्रष्टाचारको फाइल अगाडि बढ्ने दाबी गरे । अहिले बन्दै गरेको सरकारले पनि भ्रष्टाचारको विषयमा बलियोसँग काम गर्ने उनको दाबी थियो ।

उनले दुई ठूला दलको सहमतिबाट प्रधानमन्त्री बन्न लागेका केपी शर्मा अ‍ोली जोडिएको गिरिबन्दु टी स्टेट र नक्कली भुटानी शरणार्थीको विषयमा अनुसन्धान गरी फाइल खोल्ने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट